नियम ७०
धरौटी रकम अन्य प्रयोजनको निमित्त खर्च गर्न नहुने
(१) धरौटी बापत प्राप्त भएको रकम यस नियमावलीमा लेखिए बाहेक अन्य काममा खर्च गर्न हु“दैन । खर्च भएको देखिएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले तालुक कार्यालयमा लेखी पठाउनु पर्नेछ । व्यक्तिगत प्रयोगमा खर्च गरेको देखिएमा वा यस नियमावली बमोजिम निर्धारित समयमा दाखिला नगरेमा सोको बिगो र बिगो बमोजिमको जरिवाना समेत कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखबाट दामासाहीले असूल उपर गर्नु पर्नेछ । यसरी असूल हुन आएको जरिवाना रकम राजस्व खातामा दाखिला गरिनेछ ।
(२) महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको विशेष प्रयोजनको लागि राखिने धरौटीको लागि सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको स्वीकृति लिएर बेग्लै खाता खोली सोही कार्यालयबाट निर्धारित कार्यविधि पूरा गरी खर्च गर्नु पर्नेछ ।